Koshi Province, Nepal
४ जेठ २०८१, शुक्रवार
खेलकुद

तेह्रथुमको छथर गाउँपालिकामा तेक्वान्दो जिल्ला संघ गठन भएको छ

१९ वैशाख २०८१, बुधवार 238

२०८१ बैशाख १९ गते बुधबार तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा रास्ट्रीय तेक्वान्दो संघ नेपाल द्वारा तेह्रथुम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र बरालको रोहबर र रास्ट्रीय तेक्वान्दो संघ नेपालका मुख्य प्रशिक्षक हरि बहादुर बुढाथोकी , संयोजक (केन्द्रिय सदस्य) ज्ञानेन्द्र बहादुर बिस्वकर्मा, कोशी प्रदेश कमिटी महासचिव -पिताम्बर पौडेल ,निवर्तमान अध्यक्ष -खेमराज कार्की , केन्द्रिय सदस्य -द्वारिका रेग्मी ,सुनसरी जिल्ला अध्यक्ष -खगेन्द्र कटवालको उपस्थितमा जिल्ला संघ गठन भएको छ । 
जसमा अध्यक्ष- प्रकाश श्रेष्ठ ,उपाध्यक्ष - पुर्ण तुम्खेवा ,सचिब- सागर पोख्रेल (तेक्वान्दो प्रशिक्षक) कोषाध्यक्ष- कृष्ण माया लिम्बू चयन हुनु भएको छ । बैठक छथर गाउँपालिकाको चौतारी क्याफेमा भब्यताका साथ सफल भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved