Koshi Province, Nepal
४ जेठ २०८१, शुक्रवार
स्थानीय तह

तेह्रथुमको छथर गाउँपालिकामा पिउने पानीको अभाव

१५ वैशाख २०८१, शनिवार 91

तेह्रथुमको छथर गाउँपालिकामा पिउने पानिको अभाव भएको छ ।

तेह्रथुमको छथर गाउँपालिकामा विगत लामो समय देखि पिउने पानिको अभाव छथरे जनताले झेल्दै आएका छन । पिउने पानि पर्याप्त नभएकै कारण आज छथर गाउँपालिकाका विभिन्न वडाहरुका जनताहरु बसाई सराई जान वाध्य छन । छथर गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । पानिको अभावले खेतियोग्य जमिन पनि अधिकांश वाझो हुदै गएको अवस्थामा पाईन्छ ।

तेह्रथुमको छथर गाउँपालिकामा डिप बोरिङ भएता पनि त्यहाको पानि आज सम्म छथरे जनताले प्रयोग गर्न पाएका छैनन त्यसमा छथरे जनताको व्यापक जन गुनासो रहेको छ । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे, सुदाप लगायत वडाका विभिन्न क्षेत्रहरुमा हालै सुख्खा ग्रस्त अवस्थाका कारण छथरे जनताको जनजिवन अत्यन्तै कष्टकर हुदै आएको छ । स्थानिय सरकारले जनताको निम्ति कुनै पनि पहलकदमि नगरेको र गुनासो समेत नसुनेको हुदा स्थानियवासिहरु समस्यामा परेको उनिहरुले बताउने गरेका छन ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved