Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
स्थानीय तह

तेह्रथुमको सिम्लेमा मादक पदार्थ सेवन गरी खुकुरी प्रहार, खुकुरी प्रहार गर्ने व्यक्तिकै मृत्यु

६ पुष २०८१, शनिवार 241

तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेका एक व्यक्तिले मादक पदार्थ सेवन गरी छिमेकी हरी वहादुर माझी र उनकी श्रीमती फुलमायाँ माझीलाई खुकुरी प्रहार गरी सख्त घाईते अवस्थामा  पुर्याएका छन् ।

निजले खुकुरी प्रहार गरी फरार भएका सोही वडाका अन्दाजी ४२ वर्षिय अमृत वहाुदर वुढाथोकीको , फेदाप अस्पतालमा मृत्यु भएको वडाध्यक्ष मन वहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
हिजो शुक्रवार अपरान्ह मादक पदार्थ सेवन गरी गाउँ पसेका वुढाथोकीले पहिले अर्का छिमेकी विजय निङलेकुको घर गोठमा प्रवेश गरी एक माउ भैंसी, गोठमा रहेको पाडा ,पाडी र तीन वटा बाख्रालाई निर्ममता पुर्वक काटेका थिए । लगत्तै अर्को छिमेकी माझीको घरमा खुकुरी सहित प्रवेश गरेका वुढाथोकीले माझी दम्पतीलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । त्यस पछि गाउँ पसेका वुढाथोकीले गाउँका विभिन्न ११ स्थानमा जथाभावी आगजनी गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
उक्त खुकुरी प्रहार र आगजनी पछि फरार भएका वुढाथोकीलाई स्थानीय र पोक्लाबाङ प्रहरी चौकी बाट घटिएका प्रहरीले म्याङलुङ नगरपालिका १० को मोरङगे बगरबाट पक्राउ गरेका थिए । भाग्ने क्रममा सख्त घाईते भएका निज वुढाथोकीलाई पक्राउ गरी उपचारका लागि फेदाप अस्पतालमा ल्याईपुर्याउदा चिकित्सकले निजको मृत्यु भैसकेको जानकारी दिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । खुकुरी प्रहार बाट सख्त घाईते भएका माझी दम्पतीलाई थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको जानकारी प्राप्त भएको छ । दुर्गम स्थानमा घटना भएकाले अनुसन्धानका लागि त्यस तर्फ प्रहरी परिचालन गरीएको र विवरण आउन थप केही समय लाग्ने प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले वताउनु भएको छ ।  

Copyright © 2023 -2024. News Portal. All Rights Reserved