दमकमा पटका पड्काउने क्रममा बालक घाइते भएका छन्। २०८१ साल कात्तिक १३ गते साँझ ५ बजे झापाको दमक नगरपालिका वडा नम्बर-६ निवासी ६ वर्षीय विद्यम अग्रवाल पटका पड्काउने क्रममा अनुहारमा चोट लागेर घाइते भएका हुन्। उनलाई तुरुन्तै उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भारतको सिलगुडी रेफर गरिएको छ। घटना सँग सम्बन्धित थप अनुसन्धान भइरहेको छ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved