सर्लाही जिल्लाको धनकौल गाउँपालिका-४ धनगडामा गए राती बिहिबार १०:३० बजे जितु रायको काठले बनेको दुई तले घरको माथिल्लो तलामा लक्ष्मी पूजाका लागि बालेको मैनबत्तीबाट आगो सल्किएर आगजनि भएको जिल्ला प्रहरी कार्यालय सर्लाही बाट जानकारी प्राप्त भएको छ ।
उक्त आगलागीको दुर्घटना बाट घरको कोठाभित्र रहेको दराज, टिभी, सुनचाँदी ,लत्ताकपडा लगायतका सामाग्री आगोले जल्दा झण्डै दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको सम्बन्धित पीडितले जानकारी दिएका छ्न ।
आगलागि घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved