Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
स्थानीय तह

धनकुटाको भेडेटारमा स्काइवाक सन्चालन

१२ साउन २०८१, शनिवार 215

धनकुटा - भेडेटारमा निर्माण भएको स्काईवाक हालै सञ्चालनमा आएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो । उक्त उच्च ठाउमा रहेको स्काइवाक बाट निकै रमणीय दृश्य देखिने पर्यटक तथा स्थानियहरुले बताएका छ्न ।
उक्त स्काइवाक वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्का बताउछ्न। पहाडी एरिया धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जन केन्द्र मानिन्छ । विभिन्न ठाउबाट स्काइवाक अवलोकन गर्न र मनोरञ्जन गर्नको निम्ति अन्यत्र बाट पर्यटकहरु आउने गरेको पाइन्छ ।स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जानकारी रहेको छ ।
उक्त स्काइवाकको ५० मिटर लम्बाइ रहेको र  स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको परियोजना स्रोतले जनाएको छ । एक पटकमा दुई सय जनाको संख्यामा हिँड्न सकिने रहेको छ । उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ।
धनकुटाको भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काईवाक निर्माण गरिएको छ । काठमाडौंको कमलादी र इलामको कन्याममा निर्माणपछि वज्डर्स ग्रुपले भेडेटारमा पनि स्काईवाक तयार गरेको हो । पुर्वी पहाडी एरियाको पर्यटकिय सङ्गमस्थल भेडेटारमा अवस्थित उक्त स्काइवाक, पुर्वकै सुन्दर पर्यटक आकर्षण गर्ने गहनाको रुपमा चिनिएको स्थानियहरुको भनाइ रहेको छ ।

Reported by : Sagar Pokhrel.

Copyright © 2023 -2024. News Portal. All Rights Reserved