तेह्रथुम फेदाप–३ जलजले बस्ने ५१ वर्षीया भिमादेवी रिमालसंग उनको १० महिना अघि देखि सामाजिक सञ्जालमा चिनजान भएको थियो।
सामाजिक संजाल फेसबुके साथी भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम आएका प्रधानाध्यापक साथीकै घरमा ढलेका छन्।
सिन्धुपाल्चोक स्थित इन्द्रावती ५ बाँडेगाउँ नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय अच्युतम कोइराला आफ्नो फेसबुके साथी भेट्न तेह्रथुम आएका थिए।
भिमादेवीलाई भेट्न प्रधानाध्यापक कोइराला असोज २९ गते दिउँसो २:३० बजे काठमौँबाट हिडेका थिए भने उनी ३० गते दिउँसो ती महिलाको घरमा आइपुगेका थिए।
उक्त महिलाको घरमा आइपुगी खाजा खाएर उनी भिमादेवीसंग बाहिर घुम्न निस्किएका थिए। बेलुका भिमादेवीको घरमा खाना खाएर गफ गर्दैगर्दा प्रधानाध्यापक कोइराला आकास्मिक ढलेका थिए।
सामान्य बान्ता गरेका उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याएर चेकजाँच गराउँदा बाटोमै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए।
उनको शव अहिले जिल्ला अस्पताल तेह्रथुममा रहेको र उक्त घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved