धनकुटा : जेठ १२ र १३ गते हुन गईरहेको एमालेको आठौँ जिल्ला अधिवेशनमा यस पटक जिल्ला अध्यक्षमा शिव आडला र निरेन तामाङको उम्मेद्वारी रहेको छ । दुवै प्रतिश्पर्धीहरु अधिवेशनको मैदानमा उत्रिए पनि आङलाको पक्षमा युवा पंक्ति सामाजिक अभियानता, धनकुटेली जनता र विपक्षीहरुको समेत समर्थन रहदै आएको छ । आङला २०४९ सालदेखि कम्युनिष्ट राजनितिमा होमिदै आएका नेता हुन् भने उनी सातौ जिल्ला अधिवेशनबाट सर्वसम्मत उपसचिव समेत भएका थिए । सर्वसम्मत अध्यक्ष चयनका लागि आङलाको नाम अग्रपंक्तिमा छ भने चुनाव भए आङलाकै जित हुने सुनिश्चित जस्तो देखिन्छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved