Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

धनकुटा । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध

२६ असार २०८१, मङ्गलवार 126

धनकुटा । अभिरल परिरहेको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीमा पहिरो झरेपछि आज बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो ।

वर्षाका कारण फेदीमा पहिरो खसेर सडक अवरुद्ध
हुँदा सवारी आवतजावत बन्द भएको धनकुटाका प्रहरी प्रवक्ताडीएसपी राजबाबु महर्जनले जानकारी दिए । 'फेदीमा पहिरोखसेको छ, यहाँ आसपासका खोलाहरूमा बाढी आएरलेदोसहितको ढुङ्गामाटोले सडक ढाकेर अवरुद्ध बनाएको छ, 'प्रहरी टोली घटनास्थल पुगेरपहिरो पन्साउने प्रयास भइरहेको छ । पानी परिरहेकाले हालै समस्या भएको छ।
लेउती खोलाको पुलदेखि घण्टेसम्म विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । गर्जुवा खोलामा आएको बाढीका कारण ढुङ्गा, माटोसहितको लेदोले सडकलाइ ढाकेको छ,भने खराने खोला सहित अन्य खोलाको बाढीले पनि सडक अवरुद्ध भएको छ । उक्त राजमार्ग अवरुद्ध हुँदा सो क्षेत्रमा दर्जनौं सवारी साधन रोकिएर बसेका छन । सयौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन। गएराती देखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण बाढी आउँने र पहिरो खस्ने क्रम चलिरहेकाले सडक खुलाउँन समस्या भएको प्रहरीले जानकारी दिएका छ्न ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved