संखुवासभाको चिचिलामा खोला तर्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्। आज विहान चिचिला गाउँपालिका वाडा न.–२ मा रहेको कागुवा खोला तर्ने क्रममा खाँदबारी नगरपालिका–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए । बिहान करिब ८ बजेतिर कागुवा खोला तर्ने क्रममा खोलाले बगाएर गुरुङ बेपत्ता भएको प्र.ना.उ. श्रेष्ठको भनाइ रहेको छ ।
गुरुङ बेपत्ता भएपछि स्थानीय, प्रहरी र सशस्त्र प्रहरी लगायतको टोलीले विहानैदेखि नै व्यापक रुपमा खोजतलास गरि रहेपनि हालसम्म फेला नपरेको प्रहरीको भनाइ रहेको छ ।
बेपत्ता गुरुङ अरुण तेस्रो जलविद्युत्त आयोजनाको पावारहाउस स्थल पुखुवामा मजदुर थिए । उनी केही समयअघि मजदुरको रुपमा पावारहाउसमा काम गर्दै आइरहेका थिए। आज गुरुङ बिदा लिएर घर फर्किने क्रममा बाटोमा खोलाले बगाएको हो। उनीसँगै साथी गोरेबहादुर गुरुङ पनि सँगै थिए। कागुवा खोला तर्ने क्रममा साथीलाई खोला बगाएको गोरे बहादुरले बताएका छन् ।
गएराती उत्तरीक्षेत्रमा ठूलो वर्षात् भएको कारण खोलामा बाडिको बहाव बढेको थियो। दुई महिनाअगाडि समेत सोही कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु समेत भएको थियो।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved