रोल्पामा गएरातीको अविरल वर्षाका कारण पहिरोले घर पुरिएको छ ।
शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो।
उक्त पहिरोले घरसँगै दुई जनालाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । त्यहाका स्थानीयका अनुसार घरमा देउसिंहकी आमा र उनका ४ वर्षीया छोरी रहेका थिए ।
अविरल वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved