गोकर्णेश्वर न.पा. बसोबास गर्ने सामाजिक अभियानता आर्दश क्षेत्री लगायत अन्य चार जनालाई भ्रष्टाचारको विरोध गरेको अभियोगमा बौद्ध प्रहरीले अपहरणको शैलीमा पक्राउ गरि जिल्ला अदालत काठमाण्डौमा सांगठनिक अपराधको मुद्धा चलाएको छ । विगत लामो समय देखि देशमा भएको अन्याय , अत्याचार , विसंगी र भ्रष्टाचारको विरुद्धमा लडाई लड्दै आईरहेको क्षेत्रीलाई प्रहरीले पक्राऊ गरको हो । आश्चर्यको कुरा त के छ भने जाहेरी दिने व्याक्तिले न त प्रतिवादीहरुलाई चिन्छन् न त प्रतिवादीहरुले जाहेरीवाललाई चिन्छन् । यतिसम्म कि पक्राउ परेका अभियानताहरुलाई प्रहरीले राम्रोसँग भेटघाट गर्न समेत नदिई हिरासतमा शारिरिक र मानसिक यातना दिईरहका छन् ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved