Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो, अर्को बसमा ढुङ्गाले लाग्दा चालकको घटनास्थल मै ज्यान गयो

२९ असार २०८१, शुक्रवार 100

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएको छन । उक्त बसमा चालकसहित झण्डै ६५  जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन ।

काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको गरेको एञ्जल बस त्रिशूलीमा खसेको उनले बताउछ्न । प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उहाँले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको घटनास्थल मै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले उज्यालोलाई दिनुभएको प्राप्त जानकारी अनुसार बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको घटनास्थल मै मृत्यु भएको हो ।

बुटवल देखि काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको रहेको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ । अबरुद्ध हटाउन अधिकतम प्रयास भैरहेको जानकारी प्राप्त भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved