सुनसरी र मोरङको सिमानामा रहेको खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ। सोमबार रातिदेखि आएको बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन ।
उक्त बढीले बगाएर मृत्यु भएकी एकजना महिलाको सब फेला पारिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताएका छ्न । उनको पहिचान भने अहिले सम्म खुलेको छैन। बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताएका छ्न ।
अविरल वर्षातका कारण सुनसरीको धरान उपमहानगरपलिका-३ मा पहिरो जाँदा दर्जन घर जोखिममा परेका छन्। निरन्तर आएको बाढीका कारण जनधनको क्षति हुने भएकोले सर्वसाधारणलाई घरमै बस्न स्थानीय प्रशासनले अनुरोध समेत गरेको छ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved