सुनसरी । सप्तकोशीमा नदीको जलसतह आज यस वर्षकै सबै भन्दा उच्च भएको छ । नदिको बहाब सङै जोखिम बढ्दो रहेको छ ।
शनिबार बेलुका ६:३० बजे कोशी ब्यारेजमा तीन लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
हालै नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको र जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको नभएको केन्द्रले जनाएको छ। नदिको जोखिमका कारण नजिकैका बस्तिहरु असुरक्षित रहेका छ्न ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved