पाख्रिबास नगरपालिकाले जाल्पादेवी क्याम्पसको १० लाख रुपैया भुक्तानी नगरेको कारण निजि स्रोतका शिक्षकलाई तलब दिन नसकेको भनि पुर्व मेयर बिर्ख ब. राईले तोडफोडको शैलीमा नगरपालिकामा ताल्चा लगाउने प्रयास गरेका थिए । हालका मेयर ज्ञान ब. गुरुङले उक्त क्याम्पसमा अनुगमन गर्दा २ थान कुर्सी र ३ थान वाईट बोर्ड मात्रै भेटाएका कारण क्याम्पसले लेखालाई सम्पूर्ण विवरण नबुझाई भुक्तानी नगर्ने बताएपछि पुर्व मेयर तथा क्याम्पस व्यवस्थापन समिताका अध्यक्ष समेत रहेका राईले हालका मेयर ज्ञान बहादुर गुरुङलाई कार्यकक्ष भित्रै हातपात समेत गर्न खोजेका थिए । उक्त घटनाका कारण पाख्रिबास नगरपालिकामा झगडा सिर्जना भएको थियो । पुर्व मेयर राई विरुद्ध यस अघि पनि कफि काण्डमा अख्तियारमा १ करोड २० लाखको मुद्धा दर्ता भएको थियो । यतिबेला उक्त मुद्धा अख्तियारमा विचाराधिन अवस्थामा रहेको छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved