Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

फिस्लिङ्गमा सभारी दुर्घटनामा परि १ को मृत्यु

१ असार २०८१, शुक्रवार 103

चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको

इच्छाकामना-३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका-५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे २ ख ४०६० नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२-०२९ च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो। दुर्घटना परी १३ जना घाइते भएका छन् ।

सोही दुर्घटनामा घाइते हुने तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदीको किनारमा खसेको थियो ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved