सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर बाट गएको टोलीले भन्सार कार्यालय गौरमा बिहीवार १ बजेर ४५ मिनेटमा मुदा नम्बर ७७१ दर्ता गरेर बरामद रुपैया १४ लाख ८५ हजार सहित भारतीय नागरिक लाई बुझाएको एस.पि. हुमागाईको भनाई रहेको छ ।
पक्राउ परेका भारतीय नागरिक ५ बजेपछि भागेको भन्सार कार्यालयका कर्मचारीले आफूलाई खबर गरेको हो, प्रहरीले बरामद गरेको सामान मानिस भन्सारमा दर्ता गरेर बुझाइसके पछि त्यसको सुरक्षा गर्नु भन्सारको जिम्मेवारी हुन्छ । दुई बजे पैसा र मानिस बुझाउँदा तीन घन्टा सम्म भन्सार कर्मचारी तथा भन्सार सुरक्षा गार्ड के हेरेर बसेको थियो एसपी हुमागाईंले प्रश्न गरेका छन ।
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले स्रोत नखुलेको पैसा बुझ्नु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्छ, हामी त्यही प्रक्रियामा लागेका थियौं । पैसा र मानिस लिएर आएका तथा त्यहाँ खटिएका सशस्त्र प्रहरीको ड्युटी बदले पछि उनीहरु त्यहाँ बाट गएलगत्तै त्यहाँबाट आरोपी भागेको जनाएका छन ।
उक्त सिंहले भन्सार कर्मचारीको मात्रै नभई सशस्त्र प्रहरीको पनि कमजोरीको कारण भारतीय नागरिक भाग्न सफल भएको भन्सार प्रमुख सिंहले प्रतिक्रिया दिएका छन ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved