Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परि २ यात्रुवहाक बस त्रिशूलीमा बेपत्ता

२९ असार २०८१, शुक्रवार 115

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । उक्त बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जाने क्रममा आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारी अनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका जानकारी छ ।

सोही खबर पछि एस.पी, ‍डि.एस.पी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन् । पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ। सडक अबरुद्ध हटाउन सकेसम्म प्रयास भैरहेको जानकारी प्राप्त भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved