धनकुटा । सहिदभूमि गा.पा का सामाजिक अभियानता ध्रुब थापाकाे अगुवाईमा स्थानीय जनताको निजी लगानी र श्रमदानबाट पन्चकन्या बजारमा सार्वजनिक शाैचालय निर्माण भएको छ । स्थानीयले १२ लाख ३० हजारकाे लागतमा सार्वजनिक शाैचालय र त्यस छेउमा सिढि र रेलिङ बार समेत लगाएका छन् । सातामा एकपटक प्रत्येक बुधबार लाग्ने हाट बजार पन्चकन्यामा शाैचालय अभावका कारण हाट बजार आउने सर्वसाधारणले सास्ती ब्यहाेर्दै आएका थिए भने यतिबेला उक्त स्थानमा सर्वसाधारणले नि:शुल्क शाैचालय प्रयाेग गर्नुका साथै सिढि र रेलिङबारमा टिकटक बनाउनेकाे घुँईचाे समेत देखिन्छ । जनताले चाहे भने नेताकाे मुख ताकिरहनुपर्दैन जनताले आफै धेरै काम गर्न सक्छन् भन्ने याे गतिलाे उदाहरण हाे । उक्त शुभराम्भ कार्यक्रममा सामाजिक अभियानता लाक्पा तामाङ , साेम ब. घिसिङ , लाेक ब. ब्लाेन , निशान किराँती लगायतका बाक्लाे भेला थियाे ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved