Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
स्थानीय तह

स्थानिय सरकार बनेको ७ वर्ष सम्म बनेनन छथर गाउँपालिकाका कार्यालय सम्म पुग्ने सडकहरु

२८ असार २०८१, बिहिवार 250

तेह्रथुमको छथर गाउँपालिकामा ,स्थानीय सरकार बनेको सात वर्ष बितिसक्दा पनि प्रहरी चौकी शुक्रबारे सम्म पुग्ने सडक आज सम्म दिगो रुपमा निर्माण हुन सकेको छैन । बर्सेनि वर्खायाम को समयमा पहिरो खसिरहने त्यो सडक मर्मत गर्ने ध्यानाकर्षण समेत सम्बन्धीत निकायको नभएको पाइन्छ । सोही बाटोमा दुई पाङ्ग्रे मोटरसाइकल  उकाल्न र ओराल्न प्रहरीलाई निक्कै नै सकसपुर्ण भएको अवस्था रहेको छ । 
त्यतिमात्र नभएर , छथर गाउँकार्यपालिकाको कार्यालय सम्म पुग्ने सडक समेत आज सम्म बन्न सकेको छैन । उक्त सडकमा ढुङ्गा छापेर सोलिङ्ग गरेता पनि सडकको ढुङ्गा उक्किएर आवत जावत गर्नमा अत्यन्तै मुस्किल भएको स्थानियबासी हरुको गुनासो रहेको छ । थानिय सरकार बनेको ७ वर्ष बितिसक्ता पनि सरोकारवाला निकायलाइ यश बिसयमा ध्यान नभएको स्थानियबासी हरुको व्यापक जनगुनासो रहेको छ । कयन कर्मचारी र स्थानियबासी हरुले उक्त बिग्रीएको बाटो देक्न साथ सडकको किनारामा आफ्नो सवारी साधनलाइ पार्किङ्ग गरेर पैदल हिड्दै छथर गाउँपालिकाको कार्यालय सम्म पुग्ने गरेका छ्न । 

Copyright © 2023 -2024. News Portal. All Rights Reserved