तेह्रथुम । तेह्रथुमको छथर गाउँ कार्यपालिकाको आधिकारिक सभाबाट पास भएको निर्णय फितलो भएको जानकारी प्राप्त भएको छ । पुर्वाधार तथा सडक मर्मत सम्हार शुल्क , ०८१ /०८२ को निर्णय अनुसार कार्यपालिका बैठक द्वारा निर्णय गरेर तोकिएको निर्धारित ठेक्का आव्हान रु.१५०० रहेको थियो। उक्त निर्धारित ठेक्का रु. १५०० लाई शंशोधन गरि रु .३०० कार्यनयन गर्ने भन्ने कुरा जानकारी प्राप्त भएको छ । छथर गाउँ कार्यापालिकाको फितलो निर्णय अनुसार ,ठेकेदार मार्कामा परेको जानकारी गराउछ्न भने वडा र ठेकेदार लाई दुबै तर्फ दोहोरो शुल्क भुक्तानी गर्नुपर्ने भएको हुदा किसान वर्गहरु मार्कामा परेको देखिन्छ । छथर गाउँपालिका बाट गोलिया निर्यातको कार्य समेत ठप्प भएको ब्यवसायीहरुले बताउने गरेका छ्न । गोलिया ढुवानी ब्यवसायीहरु छलफलको लागि गाउँपालिकाको कार्यालय समेत गएका थिए तर ठेक्का दरको निस्कर्स नभएको जानकारी प्राप्त भएको छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved