Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
स्थानीय तह

छथर गाउँपालिकाको नमुना बिधालय सम्म पुग्ने सडक

६ साउन २०८१, आइतवार 170

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थित छथरको केन्द्र शुक्रवारे बजारको नमुना बिधालय अन्तर्गत पर्दछ श्री सरस्वती माध्यमिक बिधालय । उक्त बिधालय सम्म पुग्ने सडक आज सम्म हिलाम्मै अवस्थामा रहेको छ ।
स्थानिय सरकार बनेको ७ वर्ष बितिसक्दा समेत उक्त सडकको स्तर उन्नती हुन सकेको छैन । बिधालय आउने जाने क्रममा बिद्यार्थीहरु अत्यन्तै जोखिमपुर्ण यात्रा गर्न बाध्य छ्न । कतिपय साना-साना बिद्यार्थीहरु बिधालय आउने क्रममा हिलोमा समेत धेरै पटक भासिएर बिधालय पोसाक दैनिकी हिल्लामे भएर आउने/जाने गरेको अवस्था रहेको स्थानियहरुले बताउने गरेका छ्न । स्थानियहरुले सोहि बिधालय सम्म पुग्ने सडक निर्माण गर्न भनी सम्बन्धित बिधालय ब्यवस्थापन समिती ,बिधालय प्रशासन र स्थानिय तहलाई समेत धेरै पट्क मौखिक र लिखित दुबै ध्यानाकर्षण गरेको भएतापनी कसैले सो कुराको वास्ता नगरेको स्थानियहरुले बताउने गरेका छ्न । करिब ७० मिटरको आसपासमा पिज हाइ-वे भेटिन्छ तर आज सम्म स्थानिय सरकार बनेको ७ वर्ष सम्म बितिसक्दा पनि नमुना बिधालय सम्म पुग्ने सडकले न्याय पाउन सकेको छैन । कयन पटक त्यही सडकमा शिक्षकहरुको मोटरसाइकल भासिएर त्यहाका स्थानियहरुले निकालिदिएको समेत स्थानियहरुले बताउने गरेका छ्न । छथरको श्री सरस्वती माध्यमिक नमुना बिधालय सम्म पुग्ने सडकको हालत नाजुक देखेर अभिभावक ,शिक्षक र बिद्यार्थीहरु चिन्तित छन भने सरोकारवाला निकायलाइ मतलब नै नभएको देखिन्छ  ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved