तेह्रथुम । देशै भरी मनसुनी वायुको प्रभाव रहेको र भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रहरुमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
अहिले तत्कालै कोशी,बागमती र गण्डकी प्रदेशमा मौशम बदली रहेको र बाँकी भागमा आंशिक बदली भएको छ ,भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश ,बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहने जल तथा मौशम भिभाग ले जनाएको छ।
कोशी र बागमती प्रदेशका केही एक– दुई स्थान हरुमा भारी वर्षा हुने सम्भावना रहेको छ भने ,कोशी प्रदेशको तराई भेगका केही स्थानमा अत्याधिक हुरी चल्ने सम्भावना रहेको छ।
२४ घण्टा भित्रमा कोशी, बागमती र गण्डकी तथा बाँकी रहेका प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र मध्यम वर्षाको प्रवल सम्भावना रहेको छ।
मौशम विभागले कोशी र बागमती प्रदेशका केही एक– दुई स्थानमा अत्यन्तै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved