Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

ऐतिहासिक मेलापर्वको नाउमा ब्यापारिकरण र अध्यक्ष कपको स्टन्टबाजी

३० साउन २०८१, बुधवार 751

तेह्रथुम -छथर गाउँपालिका । वर्षाै देखि परमपरागत हिसाबले लाग्दै आएको ऐतिहासिक तथा सास्कृतिक भदौरे पुर्णिमा मेला पर्वलाई ब्यापारिकरण गरि छथरको आर्थिक मुद्रा बाहिर पठाउने षड्यन्त्र पुर्वक प्रवृत्ति र छथरवासी स्थानिय हरुले शुल्क तिरेर मेला अवलोकन गर्नुपर्ने वाध्यता स्थानीय सरकार द्वारा बनाइएको हुदा उक्त कुराको छथरवासी हरुले असहमति जनाएका छ्न। बिना प्रक्रिया मेलापर्व लगाउने,छथरे जनताको मनोभावना बिपरित अत्यावश्यक भन्दा अनावश्यक  मनोरञ्जनको रुपमा स्टनटबाजि गरेर राज्यको सम्पत्ती दोहन गर्ने, पहिलो प्राथमिकतामा परेका सडकहरु जस्तै : छथर अस्पताल सम्म पुग्ने सडक , प्रहरी चौकी शुक्रबारे सम्म पुग्ने सडक, छथर गाउँपालिकाको कार्यालय सम्म पुग्ने सडक ,श्री सरस्वती माध्यमिक बिधालय सम्म पुग्ने सडक, छथर क्याम्पस सम्म पुग्ने सडक करिब ७ वर्स सम्म स्थानिय सरकार बनेको समय बितिसक्दा समेत नबन्निदा छथरे जनताले शास्ती खेप्नु परेको सामाजिक अभियान्ता सागर पोख्रेलले बताएका छ्न । 
उक्त भदौरे पुर्णिमा मेला खुल्ला रुपमा सवैले सधै जसो नि:शुल्क हेर्न पाउनु पर्ने स्थानिय युवाहरुको जनगुनासो रहेको छ।

उक्त मेलालाई ब्यपारिकरण गर्ने उद्देश्य प्रति बिरोध तथा असहमती जनाउदै छथरका ५ दलिय राजनैतिक दलहरुले विज्ञप्ति समेत जारी गरेका छन । उक्त विज्ञप्तिमा मेला ब्यवस्थापनको क्रममा छथर गाउँपालिकाले आम स्थानीय सरोकारवाला हरुको छलफल तथा समन्वय बिना संचालन गरिरहेको कार्य प्रती असहमती जनाएको हो । असहमती जनाउने पक्षमा नेपाली काङ्ग्रेस ,ने.क.पा. माओवादी ,रा.स्व.पा.,जनता समाजबादी पार्टी र रा.प्र.पा. रहेको छ ।

छथरमा होटल ब्यवसाय संचालन गर्नको निम्ति पानीको असुबिधा रहेको ,बजार ब्यवस्थापन र फोहोर ब्यवस्थापन समेत नभएको कारण  स्थानिय ब्यवसायी हरुको चरम गुनासो रहेको छ ।
लत्ताकपडा ,औजार सामाग्री ,खुद्रा ,फेन्सी ,सागसब्जी तथा फलफुल, छथर बाहिर बाट नै बाहिरकै ब्यवसायीहरुले ल्याएर बेचबिखन गर्ने भएको हुदा ,महङ्गो कोठा भाडा शुल्क तिरेर ,भिभिन्न संस्थामा दर्ता गरि कर तिरेर ब्यवसाय गर्न  बसेका छथरका स्थानिय ब्यवसायीहरु सरोकारवाला निकायले समस्याको ध्यानाकर्षण नगरीदिए पछि चिन्तित अवस्थामा रहेका छ्न ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved