Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

शैक्षिक क्षेत्रमा शिक्षकहरुको लापरबाही

२१ असार २०८१, बिहिवार 654

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ,सिधुवा स्थित श्री सरस्वती माध्यमिक बिधालयमा शिक्षकहरुको लापरबाही भएको देखिन्छ । बिधालय समयमा शिक्षकहरु अफिसकोठमा मोबाइल चलाएर ,चेस खेलेर बसेको पाइएको छ । उक्त बिधालयमा बिहिबार बिधालय समय भित्र अभिभावकको रुपमा एक सामाजिक अभियान्ता लाक्पा तामाङ्ग खबरदारी गर्दै पुगेका थिए । सोही समयमा शिक्षकहरु आ-आफ्नै धुनमा चेस ,चाइनिज चेकर र मोबाइलमा ब्यस्त रहेको भेटिएको थियो । बिधालाय समय भित्र नियमित रुपमा शिक्षकहरु उपस्थिती हुनुपर्ने र बिद्यार्थीलाइ पठन पाठन तदारुकताका साथ समय सम्म गराइनु पर्ने सामाजिक अभियान्ता तामाङ्गले जोड दिएका छ्न । शिक्षकहरु राजनैतिक दलमा समेत आबद्दता रहेको गन्द आएको समेत सामाजिक अभियान्ता तामाङ्ग बताउछ्न । सोही बिधालयमा जम्मा ६१ जना परिक्षार्थीहरु रहेका थिए । त्यस मध्ये १३ जना बिद्यार्थी मात्र SEE परिक्षामा उतिर्ण भएका छ्न । उक्त बिधालयमा लापरबाही भएको कारण शिक्षा बिकास तथा समन्वय इकाइ धनकुटाको समेत ध्यानाकर्षण भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved