Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
राजनीति

एयरपोर्ट भित्र खानेपानी प्रति लि. २०० राज्यमन्त्री अरूण चाैधरी माैन

१५ असोज २०८१, मङ्गलवार 145

काठमाडौं ।
यति बेला देश पानीमा डुबेकाे छ तर त्यहि पानीकाे कारण काेहि काेहि भने पैसा बाेरामा भर्न पनि भ्याएका छैनन् ।सेवाको नाममा लुटको ब्यापार भैरहेको छ । यो घटना हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे । साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरूण चाैधरी फिल्मी शैलिमा मन्त्रालय आउँदा लाग्थ्याे अब ठूलै केही हुने वाला छ तर अन्ततः उही अरू मन्त्री जस्तै हात्ती आयाे हात्ती आयाे फुस्स । विमानस्थल भित्र व्यापारीहरूले खानेपानी प्रति लि. रू. २०० रूपैयाँमा बेचिरहँदा समेत माैन छन् चाैधरी । यतिमात्रै हाेईन प्राकृतिक विपत्तिकाे बेला  हवाई टिकटको मूल्य दाेब्वर हुँदा समेत चाैधरी चुईक बाेलेका छैनन् । ठूला व्यापारीसँग राम्रै साँठगाँठ जस्ताे देखिएकाे चाैधरीले यस अघि एक साना व्यावसायिकाे ट्याक्टर जलाएर जेलजिवन समेत भाेगेका थिए । यस्ताे पृष्ठभूमिबाट मन्त्री बनेका चाैधरीले गरिब जनताका लागि काम गर्लान त भनेर यतिबेला जनता शशांकित भएका छन् ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved