Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
स्थानीय तह

सुपर ग्लुले टालेर निगमको जहाज उडाउन खोज्ने ३ इन्जिनियर निलम्बनमा

१४ भदौ २०८१, शुक्रवार 202

काठमाडौ  । नेपालको वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी मर्मतमा कमजोरी गर्ने तीन जना इन्जिनियर निलम्बनमा परेको जानकारी प्राप्त भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले म्यानुफ्याक्चर कम्पनीको सिफारिश बिनाका पाटपूर्जा प्रयोग गरेको र जहाज मर्मतमा कमजोरी गरेको भन्दै निगमका तीनजना इन्जिनियरलाई अर्को सूचना जारी नभएसम्मको लागि निलम्बन गरेको छ ।

उक्त प्राधिकरणका अनुसार निगमको ए ३२० नामक ९एन एकेडब्लु कलसाइनको जहाज भदौ ८ गते शनिबार नै समस्या आएको थियो ।

जहाज मर्मत गर्दा गरेको कमजोरी लुकाउन बिदाको दिन विज्ञप्ति जारी गरेर भोलिदेखि नै उडान गर्छौं भन्ने समेत जानकरी दिएका थिए । उक्त जहाज मर्मत गर्दा म्यानुफ्याक्चरिङ कम्पनी बाहेकको पाटपूर्जा प्रयोग गरेको भेटिएको छ । सोही कारण निगमका इन्जिनियरलाई निलम्बन गरेर थप अध्यन अनुसन्धान  भइरहेको छ ।

निगम प्राधिकरणका अनुसार निगमको सोही जहाजको बिहीबार परीक्षण उडान भएको छ ।जहाज उडानयोग्य भएको विषयमा भने अझै प्राधिकरण स्पष्ट हुन सकेको छैन । जहाजलाई उडाउने अनुमति समेत नदिएको जानकारी रहेको छ ।
 उक्त न्यारोबडी जहाज मर्मत गर्दा निगमका कर्मचारी ले एउटा खोल्नुपर्ने हाइड्रोलिक चेक जाँचको लागि अर्कै खोलेको र हाइड्रोलिक लिकेज भएको टाल्न साधारण सुपर ग्लु प्रयोग गरेको र लापरबाही गरेको आरोप लागेको पाइएको  छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved