धनकुटा -धनकुटाको भेडेटारमा हालसालै मात्र निर्माण भएको स्काइवाक टावरले निक्कै पर्यटक तान्न सफल भएको छ । करोडौं लगानीमा निर्मित उक्त टावरले पर्यटकलाई आकर्षित गरेपनि निम्न वर्गहरुले चर्को प्रवेश शुल्क तिर्न नसकेपछी टाढै बाट हेरेर चित्त बुझाउनु पर्ने अवस्था रहेको छ । धानीहरुका लागि मात्र मनोरञ्जनको साधन बनेको उक्त टावरको स्काइवाकमा प्रवेश शुल्क रु.५०० बाट घटाइ धनकुटेली जिल्लावासीहरुका लागि ५० % सम्म छुटगरि रु. २५० कायम गर्न सामाजिक अभियान्ता लाक्पा तामाङ्गले जोडदार माग राखेका छन् ।
तामाङ्ग भन्छ्न , यस्ता किसिमका प्रविधि युक्त मनोरञ्जनका साधन सिर्फ धनी वर्गहरुको लागि मात्र नभई गरिव वर्गहरुका लागि पनि हुनुपर्छ । सबैलाई नसकेता पनि उक्त स्काइवाक धनकुटा जिल्लामै अवस्थित रहेको हुँदा उक्त जिल्लाका सर्वसाधारणहरुका लागि कम्तीमा ५०% सम्म प्रवेश शुल्क छुट र उक्त टावरमा रोजगारीका लागि स्थानीयलाई पहिलो प्राथमिकता दिनुपर्छ, अन्यथा पर्यटन प्रवर्द्धनका नाममा यस्ता लुटधन्दा धनकुटामा बन्द गरिनुपर्छ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved