Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
स्थानीय तह

औषधि व्यवस्था विभागका कर्मचारीहरूकाे मनाेमानी

३ असोज २०८१, बिहिवार 299

काठमाडौं । उसाे त राज्यको सबै सरकारी कार्यालयहरूमा कर्मचारीहरूकाे मनाेमानी त चल्दै आईरहकाे छ तर पनि औषधि  व्यवस्था विभागका कर्मचारीहरूकाे मनाेमानिले सिमा नाघिसकेको छ । समयमा कार्यालय नआउने , सेवाग्राहीहरूलाई हप्किदप्कि गर्ने , रिसाउने , झर्कने ,फाईल फालिदिने , जानाजान फाईल लुकाईदिने , कार्यालयकाे समयमा फिलिम हेरेर बस्ने , नजानेका कुरा साेधपुछ गर्दा नबाेल्ने त सामान्य हाे,  कतिपय कर्मचारीहरू करोडौं लगानी गरेर खाेलेकाे औषधि उद्योगहरूलाई डुबाउने खेलमा समेत लागेका छन् । उसाे त औषधि उद्योगहरूले काम गर्ने सिलसिलामा सानाे मात्रै गल्ती गरेकाे भेटे उक्त उद्योगहरूबाट केहि कर्मचारीले माेटाे रकम समेत लिएकाे पाईयाे । कर्मचारीहरूकाे गुन्डागर्दी देखेर उद्योगपतिहरू समेत आजित भइसकेका छन् । यस्ता प्रवृत्तिका कर्मचारीका कारण कतिपय उद्योगहरू बन्द हुने अवस्थामा पुगिसकेको छ । सरकारकाे कुनै पनि निकायले उक्त विभागलाई प्रत्यक्ष निगरानी नगरेकाे कारणले पनि उक्त कार्यालयमा बेथिति बढेकाे देखिन्छ । नयाँ सरकार आउन बितिकै महानिर्देशक बन्न ब्रिफकेस बाेकेर स्वास्थ्य मन्त्रालय धाएकाे कारण कर्मचारीले आफ्नाे लगानी उठाउन पनि यस्ता प्रकारका भ्रष्टाचार गरेकाे देखिन्छ । समग्रमा यस्ताे किसिमको भ्रष्टाचार हुनुमा स्वास्थ्य मन्त्री र नेपाल सरकारकाे अप्रत्यक्ष रूपमा सहभागी देखिन्छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved